१४ बैशाख २०८१, शुक्रबार
Header

तराई डुबानको समस्या भारतीय बाँध नभएको गृहमन्त्रीको ठहर


प्रकाशित: बुधवार, १ साउन २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । तराईको डुवान प्रभावित क्षेत्र भ्रमणमा निस्केका गृहमन्त्री रामबहादुर थापाले नेपाली बाँध कमजोर भएकोले डुवानमा परेको बताएका छन । 


गृहमन्त्री थापाले भारतीय बाँधले नेपाल डुवानमा नपरेको ठहर गर्दै नेपालकै समस्या भएको दावी गरेको छ । नेपाली भूमिमै बनाइएको तटबन्ध ठीक ढंगले नबनाउँदा डुवान र बाढीको समस्या आएको गृहमन्त्री थापाको भनाई छ । 


तराई मधेसका जिल्लाहरु डुवानमा पर्नुको कारण भारतीय बाँध तथा संरचनाहरु भएको स्थानीयवासी तथा अधिकारीहरुले बताईरहँदा गृहमन्त्री थापाको यस्तो भनाई आएको हो । 


गत साता परेको अविरल बर्षासँगै आएको बाढी रोक्न भारतले समयमै बाँधका ढोकाहरु समयमा नखोल्दा नेपाली भूभाग डुवानमा परको थियो 


जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले भारतीय अधिकारीहरुसँग कुराकानी गरेपछि नेपालकै समस्याले गर्दा तराई मधेश डुवानमा परेको तर्क प्रस्तुत गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD