२८ बैशाख २०८१, शुक्रबार
Header

तरकारी बजारको लागि पार्टी प्यालेस चलाईनेः उपप्रमुख खड्गी


प्रकाशित: सोमवार, ८ बैशाख २०७७, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले लकडाउन अवधिभर काठमाडौंको पार्टी प्यालेसहरु प्रयोग गर्ने महानगरको योजना रहेको वताउनुभएको छ । 


उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले कोरोना भाइरसको संक्रमणबाट जोगिन निसंक्रमणयुक्त तरकारी बजारको व्यवस्थापनमा महानगरले गृहकार्य गरिरहेको जानकारी दिनुभयो । 


आईतवार गैर नेपाली संघले सामाजिक उत्तरदायित्वअन्तर्गत बसुन्धरामा सञ्चालन गरिरहेको तरकारी प्याकेजिङ् तथा बिक्री स्थलको निरीक्षण गर्ने क्रममा सो कुरा वताउनुभएको हो । 


आवसिय संघको मुना कृषि कार्यक्रमका संयोजक युवराज गुरुङ्ले स्वच्छ, स्वस्थ्य र ताजा तरकारी संकलन गरेर धोएपछि सुकाएको तरकारी गुणस्तर मापन गरेर प्याकेजिङ् र लेवलिङ् बिक्री गर्ने गरेको उप्रमुखलाई सुनाए । 


संघका अनुसार प्याकेजिङ् तरकारीलाई सुपरमार्केट, एक्सप्रेस, मोबाइल र अनलाइन मार्केटसँगै अन्तरराष्ट्रिय बजारमा पु¥याउन हामीले प्रदेश ३ सरकारसँग सम्झौता गरेको छ । 


कालिमाटी तरकारी बजारमा मानिसहरुको भीड बढ्नथालेपछि महानगरले तरकारी बजार बन्द गराएको थियो । महानगरले ११ स्थानमा बैकल्पिक तरकारी बजारको ठाउँ तोकेपनि व्यवस्थापन अभावको कारण प्रयोगमा आउन सकेको छैन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD