१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

तयारी पोशाको नेतृत्वमा पुनः चण्डिप्रसाद अर्याल


प्रकाशित: आईतबार, ५ फागुन २०७५, १०ः१३ बजे
- महानगरखबर

काठमाडौँ । नेपाल तयारी पोशाक उद्योग संघको शनिवार सम्पन्न २६ औं बार्षिक साधारणसभाले संघको अध्यक्षमा पुनः चण्डिप्रसाद अर्याललाई चयन गरेको छ । 


अर्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।


संघको प्रथम उपाध्यक्षमा इमानसिंह लामा, द्वितीय उपाध्यक्षमा भुपेन्द्रकुमार बस्नेत, महासचिवमा अशोककुमार अग्रवाल, सहसचिवमा पशुपतिदेव पाण्डे र कोषाध्यक्षमा  सञ्जयकुमार सर्राफ चयन भएका छन । 


आगामी दुईवर्षे कार्यकालका लागि थोमनाथ बस्याल, कृष्णप्रसाद पाण्डे, भीम गिरी, राहुल शाक्य र वसन्त अधिकारी सदस्यमा चयन भएका छन । त्यसैगरी संघको साधारणसभाले निर्यातसँग सम्बन्धित उद्योगलाई नगद अनुदान दिनुपर्ने, बैंक तथा वित्तीय संस्थाद्वारा सहुलियतपूर्ण ब्याजदरसहितको कर्जा दिनुपर्ने, आयकर छुट, एकमुष्ट कर प्रणाली लगायतको विषयमा छलफल गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex