काठमाडौं । तबला वादक प्रसन्न श्रेष्ठले युरोपमा सांगीतिक प्रस्तुती दिएर नेपालको नाम उँचो बनाउने काम गरेको छ ।
बिगत १२ वर्ष देखि नेपालका तथा भारतका प्रख्यात तबलावादकहरुबाट तबला सिक्दै श्रेष्ठले गत ज्येष्ठ महिनाको २३ गते देखि असार १२ गते सम्म युरोपमा आफ्नो सांगीतिक प्रस्तुति मार्फत देशको नाम चम्काएको थियो ।
१९ वर्षिया तबलावादक प्रसन्न श्रेष्ठले चर्चित सांगीतिक ब्याण्ड ‘प्राना मुण्डी’ मार्फत फ्रान्स, स्विजरल्याण्ड, जर्मनी, स्पेन लगायतका विभिन्न देशहरुमा तबलाको प्रस्तुति दिएका थिए ।
उक्त प्रस्तुतिहरु श्रेष्ठले प्राना मुण्डी ब्याण्डकै संस्थापक प्रताप के।सी (बासुरीवादक), धनबहादुर गुरुङ (सनईवादक) र अनिल धिताल (सितारवादक) संग मिलेर दिएका थिए ।
विदेशी नागरिकहरुलाई नेपालको सांस्कृतिक धुन चिनाउदैं देशको प्रतिनिधित्व गर्ने उद्देश्य बोकेर युरोप प्रस्थान गरेका श्रेष्ठ र उक्त ब्याण्डले आफ्नो संगीतलाई चिनाउन सफल त भए नै, साथै देशको गरिमा बढाउन पनि सफल भए ।
आगामी दिनहरुमा पनि आफ्नो सांस्कृतिक कलालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा लैजादै संगीतको माध्यमबाट देशको नाम चिनाउने उनको योजना रहेको छ ।
२३ औं बालशास्त्रीय संगीत प्रतियोगिता – २०७२ सालको प्रथम उपाधि जित्न सफल रहेका तबलावादक श्रेष्ठले तबला संगसंगै मादल र बासुरीपनि बजाउदै आइरहेका छन ।
Categorized in मनोरन्जन