७ जेठ २०८१, सोमबार
Header

तपाई हाम्रो बचतमा पुनः माथेमाको नेतृत्व


प्रकाशित: सोमवार, १३ मंसीर २०७८, १७ः२८ बजे  
- केडिआर

काठमाडौं/हालै सम्पन्न तपाई हाम्रो बचत तथा ऋण सकारी संस्था लि.को चौधौं वार्षिक साधारण सभाले संस्थाको समितिको अध्यक्षमा पुनः डा. गोपालभक्त माथेमालाई अध्यक्षमा चयन गरेको छ । 


ललितपुरमा सम्पन्न सो साधारण सभाले उपाध्यक्ष उमाकान्त अधिकारी, सहउपाध्यक्ष कृष्ण प्रसाद शर्मा, सचिव पुष्पराज शाक्य, उपसचिव कन्हैयाराज श्रेष्ठ, कोषाध्यक्ष ऋषिराम ढकाललाई चयन गरेको छ भने सदस्यहरुमा गोपालमान व्यञ्जनकार, भक्तबहादुर शाक्य, केशवकाजी श्रेष्ठ, वर्षा ऋतु श्रेष्ठ र डा. रविन्द्र कुमार श्रेष्ठलाई चयन गरेको छ । त्यसैगरी साधारणसभाले लेखा संयोजकमा गोविन्दभक्त माथेमा सदस्यहरुमा केशव धिताल र दिपेश काफ्लेलाई चयन गरेको छ । 


साधारण सभामा प्रस्तुत गरिएको गरिएको वासलात हिसाब अनुसार चालु वर्षमा संस्थाको शेयर पूँजी १ करोड ३५ लाख ६३ हजार ६ सय रुपैंया, जगेडा तथा कोषहरु ५६ लाख ४८ हजार ५ सय ७७ रुपैंया ८८ पैसा, निक्षेप ७ करोड ६७ लाख ५८ हजार ७ सय ४७ रुपैंया १६ पैसा, अन्य दायित्व १ करोड ७ लाख ३७ हजार ८ सय २६ रुपैंया ४२ पैसा भएको छ भने कुल दायित्व १० करोड ६७ लाख ८ हजार ७ सय ५१ रुपैंया ४६ पैसाको भएको छ । साधारण सभाले अध्यक्षको प्रतिवेदन आ.व. २०७७/०७८ को प्रतिवेदन, ७ प्रतिशत लाभांश, आ.ब. २०७८/०७९ को लेखा परीक्षक नियुक्ती सम्बन्ध, निर्वाचन सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने सम्बन्ध विषय उपर छलफल गरी आगामी आ.ब.को लागि पारित गरेको छ ।   


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD