काठमाडौं । तनहुँको मस्र्याङ्दी नदीमा बस खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार दुर्घट्नाबारे पछिल्लो अपडेट दिने क्रममा युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खस्दा ज्यान गुमाउनेको संख्या २७ पुगेको हो ।
आज शुक्रबार आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित पृथ्वीराजमार्गबाट भारतीय नम्बर प्लेटको गाडी मस्र्याङ्दी नदीमा खसेको थियो ।
उत्त दुर्घटनामा घाइते भएका १६ जनाको आँबुखैरेनी अस्पतालमा उपचारको लागि पठाइएपनि उनीहरुलाई थप उपचारको लागि नेपाली सेनाको एमआई १७ मा राखेर १२ जनालाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ ।
दुर्घटनामा परेको बसमा ४३ जनै भारतीय रहेको खुलेको छ । उनीहरू पोखराबाट काठमाडौंतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो ।
दुर्घटना भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो ।
Categorized in समाज