९ भाद्र २०८३, मंगलबार
Header

ढाकाकुमार श्रेष्ठ रास्वपाबाट निस्काशित, विन्दबासिनी कंशाकारलाई सांसद बनाउने 


प्रकाशित: बुधवार, २९ चैत्र २०७९, १९ः५० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट निस्कासित गरिएको छ ।


पार्टीको बुधवार बसेको केन्द्रिय समितिको बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काशन गरेको हो । यो निर्णयसँगै उनको सांसद पद पनि जाने भएको छ । 


चैत्र २६ गते मन्त्री बन्न पार्टीलाई पैसा बुुभाउनु पर्ने भन्दै मेडिकल व्यवसायी दुुर्गाप्रसाद प्रसाईसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपले स्पष्टीकरण सोधेको थियो । 


बुधबार केन्द्रीय समितिको बैठकमा समेत श्रेष्ठलार्ई बोलाएर स्पष्टीकराण सोधिएको थियो । उनले सो अडियो आफ्नो नभएको बताएपटि अडियो संवाद श्रेष्ठकै भएको पार्टीले गरेको छानविनमा सो प्रष्ट भएको बताईको छ । 


अब पार्टीले श्रेष्ठको ठाउँमा विन्दबासिनी कंशाकारलाई सामाुनपातिक सदस्य बनाउने निर्णय गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex