२१ बैशाख २०८१, शुक्रबार
Header

डीडीसीले दूधको मूल्य प्रतिलिटर ११ रुपियाँ बढायो, अब प्याकेट दूध कति पर्ला ? 


प्रकाशित: बुधवार, १ चैत्र २०७९, १८ः१० बजे
- महानगरखवर

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्यमा प्रतिलिटर रु ११ रुपियाँ बढाएको छ । 


बढेको मुल्य भोली (विहिवार) देखि लागुन हुने संस्थानले जनाएको छ ।  मूल्य बढेसँगै डीडीसीले बजारमा विक्री गरिररहेको चार प्रकारको प्याकेटको दूधको मूल्यमा प्रतिलिटर रु ५ बढ्ने सक्ने संस्थानका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीको अनुमान छ । 


बोर्ड बैठक बसिरहेकोले मूल्य निर्धारण आजै बेलुकासम्म हुने उनको भनाई छ । अहिले बजारमा संस्थानले स्ट्याण्डर्ड दूध प्रति ५ सय एमएल ४३ रुपैयाँ, फूल क्रिम प्रतिप्याकेट ५७ र गाईको दूधको मूल्य ५१ रुपैयाँ छ । यस्तै लो फ्याट चिया दूधको मूल्य ४० रुपैयाँ छ । 


कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरिएको हो ।


अब डीडीसीको दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम गरिएको हो । 


यस्तै सरकारले यस अघि वृद्धि गरेको दूधको किसान मूल्य पनि बुधबार १ चैतदेखि लागू गरेको छ । 


दही, पनिर लगायतका दुग्ध पदार्थको मूल्य भने केही दिनमा तय गरिने संस्थानले जनाएको छन । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD