८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

डि सिने अवार्डको ११औं संस्करण सम्पन्न, छक्कापञ्जा ३ उत्कृष्ट चलचित्र


प्रकाशित: आईतबार, २२ बैशाख २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । छायाँछवि क्रियशनको आयोजनामा विगत ११ बर्षदेखि नियमित रुपमा हुँदै आएको डिसिने अवार्डको ११औं संस्करण  हिजो शनिबार    राजधानीमा सम्पन्न गरेको गरेको छ । 


सो ११ औं इएनआई डी सिने अवार्ड २०७६ मा छक्का पञ्जा ३ ले ८ विधामा अवार्ड चुम्दै उत्कृष्ट चलचित्र बन्न सफल भयो । छक्का पञ्जा ३ ले उत्कृष्ट चलचित्र, निर्देशक, हाँस्यकलाकार, चरित्र अभिनेत्री, सम्पादक, संगीतकार, गायक, गायिकाको विधामा अवार्ड चुम्न सफल भएको हो ।


त्यस्तै चलचित्र यात्राले ५ विधामा अवार्ड चुम्न सफल भएको छ । उत्कृष्ट अभिनेता, नव निर्देशक, पटकथा, द्वन्द्व, क्रिटिक्स चलचित्र विधमा अवार्ड चुम्दै बर्चश्व कायम राखेको हो । सो अवार्ड कार्यक्रममा कलाकार, लेखक तथा निर्देशक मोहन निरौलाको   निर्णायक संयोजकत्वमा पत्रकार एवं निर्देशक विजयरत्न तुलाधर, निर्देशक राजेन्द्र उप्रेती र पहिलो महिला छाककयाकार शबनम मुखिया सदस्य रहेका थिए ।


छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई नगद २५ हजार २५ रुपियाँ सहित प्रदान गरिएको छ । छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७६ बाट गायिका देवीका बन्दना र चलचित्र निर्देशन एवं कलाकार शोभित बस्नेतलाई प्रदान गरियो ।

 

त्यस्तै, छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट विगत ३ दशकदेखि रंग पत्रकारिता गर्दै आएका अन्नपूर्ण पोष्टकर्मी अनन्त वाग्ले पुरस्कृत भएका छन् ।  उनलाई ११ हजार ११ रुपियाँ  नगद सहित पुरस्कृत तथा सम्मान गरिएको हो ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex