११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

डिल्लीबजारमा हिमालय बैंकको एटिएम बक्स फोड्ने पक्राउ


प्रकाशित: शुक्रबार, १५ असार २०७५, १९ः५६ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । काठमाठौंको डिल्लीबजारमा गएराती हिमालय बैंकको एटिएम बक्स फोड्ने एक पक्राउ परेको प्रहरीले जनाएको छ ।

 
बैकंको एटीएम बक्स तोडफोड गर्ने कार्यमा संलग्न कंचनपुर भिमदत्त नगरपालिका–१ घर भएका १८ बर्षीय कमल ठगुनालाई प्रहरीले पक्राउ गरेको हो ।

 
ठगुना सहितका २ जनाले गएराति एटीएमको लाईट र सिसिटिभी निकाली एटिएम बक्स फोड्ने क्रममा बैंकको सेक्युरिटी गार्डले देखी तत्काल प्रहरीलाई खबर गरेपछि खटिएको प्रहरीले ठगुनालाई पक्राउ गरेको हो ।

 
फरार अर्का व्यक्तिको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex