१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोलको यथावत


प्रकाशित: शुक्रवार, १७ भाद्र २०७९, १०ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयले निगमले इन्धनको मूल्यमा बृद्धि गरेको छ । 


बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाए पनि पेटोलको मूल्य भने यथावतनै छ । 


निगमद्वारा जारी विज्ञप्तिअनुसार अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल १७८ रूपैयाँ लिटर पर्नेछ ।


निगमले पेट्रोल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ ।


हाल पेट्रोल लिटरको १८१ रूपैयाँ र एलपी ग्यास एक हजार ८ सय रूपैयाँ छ । हवाइ इन्धन ९आन्तरिक० को प्रतिलिटर १९० रूपैयाँ छ।


निगमले बिहीबार भारतीय आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएको जानकारी दिँदै मूल्य समायोजन गरिएको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex