काठमाडौं । सनम शाक्य हत्यासँग जोडिएको साढे ३३ किलो सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका प्रहरी नायब उपरीक्षक डीएसपी प्रजित केसी साधारण तारेखमा रिहा भएका छन् ।
उच्च अदालत विराटनगरको आदेशमा उनी साधारण तारेखमा छुटेका हुन ।
त्यस्तैगरी साढे ३३ किलो सुन तस्करीका मुख्य योजनाकार मानिएका चुडामणि उप्रेती गोरेका सहयोगी रामकुमार केसीलाई पनि उच्च अदालतले पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।
यसअघि गत शुक्रबार उच्च अदालतले एसएसपी दिवेश लोहनीलाई पनि साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।
Categorized in समाज