१४ भाद्र २०८३, आइतबार
Header

डा. देवकोटाको अन्त्येष्टी भोली, विद्युतीय माध्यमबाट शवदाह गरिने


प्रकाशित: सोमबार, ४ असार २०७५, ८ः२५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । पित्तथैलीको क्यान्सबाट थलिएका वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा निधन भएको छ ।

 
डा. देवकोटाको अन्त्येष्टि मंगलबार पशुपति आर्यघाटमा विद्युतीय माध्यबाट गरिने भएको बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) ले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा राखेपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

 
डा. देवकोटाको काजकिरिया उनकी पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने विज्ञप्तिमा जनाइएको छ । काजकिरिया ७ दिनमा सम्पन्न गरिने समेत अस्पतालले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex