२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

डा. केसी १६ औं आमरण अनसनमा


प्रकाशित: बुधवार, २५ पुष २०७५, १७ः३३ बजे
- महानगरखबर

काठमाडौं । चिकित्सा क्षेत्रमा लामो समयदेखि सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले बुधवारबाट इलाममा अमरण अनसन सुरु गरेका छन । 


एक पत्रकार सम्मेलन गरी डा. केसीले साँझ ५ बजेदेखि अनसन सुरु गरेको जानकारी दिएको छ । 


यस अघि जुम्लामा भएको १५ औं आमरण अनसनमा भएको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्ने माग राख्दै अनसन सुरु गरेका हुन । 


डा. केसी इलामाको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा अनसन बसेका छन ।


त्यस्तै डा. केसीले निर्मला पन्तका हत्यारा पत्ता लगाउन तथा उनका हत्या भएको प्रमाण नष्ट गर्ने अधिकारीहरुलाई कडा कार्वाहीको माग गरेका छन भने पहाडको इलाम, उदयपुर, सुदुर पश्चिमको डोटी वा डडेल्धुरामा अबिलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल स्थापना गर्न पनि माग गरेका छन । 


द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तर्राष्ट्रिय कानुनअनुसार दण्डित गर्न र द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्‍याउन पनि उनले माग गरेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex