काठमाडौं । सरकारलाई कयौं पटक घुँडा टेकाउन सपल वरिष्ठ चिकित्क डा गोबिन्द केसी जुम्लामा अनसन बस्ने तयारी गरिरहेको छ ।
शानिबारदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनशन बस्ने तयारी गरिरहेका वरिष्ठ चिकित्सक केसी सरकारको निषेधज्ञा तोडेर भए पनि अनसन बस्ने भएको छ । सरकारले भने डा. केसीको अनसनलाई लक्षित गरि जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधित क्षेत्र घोषणा गरेको छ ।
गृह मन्त्रालयको निर्देशन अनुसर जुम्ला सदरमुकाका तीन क्षेत्रमा कुनैपनि किसिमको अनशन आन्दोनल तथा नारा जुलुस जस्ता विरोधका कार्यक्रम गर्न नपाउने गरी सूचना जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि करिव २ सय मिटर वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
सरकारले चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै डा. केसी अनशनको तयारी गरेका हुन ।
त्यसैगरी अनसनको अर्को विषय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षै पछि पनि एमबीबीएस विद्यार्थी धर्ना सुरु हुन नसकेको र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी गेटा मेडिकल कलेजको प्रगति सुस्त भएकोमा पनि डा.केसीले मुद्दा बनाएको छ ।
Categorized in स्वास्थ्य