१४ बैशाख २०८१, शुक्रबार
Header

डा. केसीले अनसन तोडे


प्रकाशित: शुक्रवार, १८ माघ २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । चौविस दिन लामो अनसनपछि डा. गोविन्द केसीले शुक्रवार पत्रकार सम्मेलन गरेर अनसन तोड्ने जनाएका छन । 

 

डा. केसीले पत्रकार सम्मेलन गरेर अनसन तोडेको जानकारी दिए । उनले आफू चिकित्सा विधेयक सुधारको लागि फरक रुपमा लडिरहने प्रतिवद्धता जनाएका छन । 

 

केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएका थिए ।


चिकित्सा विधेयकमा विगतमा सहमति भए अनुसार पारित हुनुपर्ने माग राख्दै इलामबाट १५ औं अमरण अनसन सुरु गरेका थिए । 


डा. केसीलाई पूर्वराष्ट्रपति रामवरण यादव, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानन्यायाधिस शुशिला कार्की, पूर्वसभामुख दमनाथ ढुंगानाले छुटाछुट्टै भेटघाट गरी अनसन तोड्न आग्रह गरेका थिए । 


राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट प्रमुख विपक्षी दलको अवरोध विच राष्ट्रिय चिकित्सा विधेयक पारित भएपछि डा. केसीलाई अनसन तोड्न चौतर्फी दवाव परेको थियो । 


सरकारले डा. केसीको अनसनलाई वे–वास्ता गर्दैअनसनको औतित्य नभएको सरकारले बताउँदै आएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD