काठमाडौं । आमरण अनसनका लागि इलामा पुगेका डा. केसीले एक साताको अनसन स्थगित गरेको घोषणा गरेको छ ।
शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले सहमति अनुसार विधेयक ल्याउने प्रतिवद्धता जनाएपछि डा. केसीले एक विज्ञप्ती जारी अनसन स्थगित गरेको जनाएको छ ।
शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको उपसमितिले बुधबार प्रतिवेदन पास गर्ने तयारी गरेपनि कांग्रेसले फरक मत राख्ने बताएपछि प्रतिवेदन रोकेर सहमति प्रयास सुरु भएको छ ।
डा. केसी १६ औं आमरण अनसनको लागि हिजो इलामा पुगेका थिए । उनले ३ बुँदे माग राख्दै अनसन सुरु गरेका थिए ।
Categorized in स्वास्थ्य