काठमाडौं । जुम्लामा अमरण अनसनमा बसेका प्रा.डा. गोबिन्द के.सीलाई काठमाडौ ल्याई उपचार गरिने शिक्षामन्त्री गिरिराजमणी पोखरेलले जानकारी दिएका छन् ।
संचारमाध्यमहरुसँगको कुराकानीमा मन्त्री पोखरेलले डा. केसीको स्वास्थ्य स्थितमा सुधार आएमात्र बार्ता गरिने बताए । डा. केसीलाई सरकारले काठमाडौ ल्याउने तयारी गरिरहेको छ ।
चिकित्सा विधेयकमा सरकारले संसोधन गरेको भनेर १४ दिनदेखि जुम्लामा आमरण अनसन बसेका डा. केसीले पछिल्लो समयमा कुनै पनि चिकित्सकको उपचार नलिएपछि स्वास्थ्यस्थित गम्भिर बनेको छ ।
शुक्रबार फेरि अर्को टोली पठाउने तयारी गरिएको शिक्षामन्त्री पोखरेलले जानकारी दिए ।
Categorized in स्वास्थ्य