काठमाडौं । विगत १९ दिनदेखि जुम्लामा चिकित्सा विधेयकको विषयलाई लिएर अमरन अनशनम बसेको प्रा.डा. गोबिन्द केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर जुम्ला पुगेपछि उनका समर्थकहरु विरोधमा उत्रिएका छन् ।
जीवन मरणको दोसाधमा रहेको डा.केसीको उपचार अनियवार्य रहेपनि सरकारबो टोलीबाट जवाफदेवी वार्ता टोली नबनेका भन्दै डा.केसीले सरकारको तर्फबाट गरिने उपचार सेवालाई निषेध गर्दै आएका छन ।
कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, शिक्षा मन्त्रालयका सचिवसहितको टोली केसीलाई लिन जुम्ला पुगेको हो ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आग्रहमा सरकारले बुधबार केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको थियो ।
समर्थकहरुले भने डा. केसीलाई जबरजस्ती काठमाडौं लैजान लागिएको भन्दै प्रदर्शन गरिरहेको बुझिएको छ । ।
Categorized in स्वास्थ्य