काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित सेवा मार्ग, डल्लु आवासमा ढल निकास सहित सडक कालोपत्र गर्न वडाले बजेट बिनियोजन गरेका छन ।
वडाले सडक कालोपत्र गनै २४ लाख पचपन्न हजार पाच सय छप्पन्न रुपैयाँ सत्तासी पैसा बजेट बिनियोजित गरिएको जनाएको छ ।
काठमाण्डौ महानगरपालिकाका प्रवक्ता एंव १५ वडा अध्यक्ष ईश्वरमान डंगोलज्युको प्रमुख आतिथ्यमा आयोजित छलफलमा सडक कालोपत्र गर्नका लागि एक समिति समेत गठन गरिएको छ ।
डल्लु आवास स्थानीय सहयोग सतिमिका अध्यक्ष राजा शाक्यको अध्यक्षतामा कामपा १५ वडा सदस्य मैयाँ लक्ष्मी महर्जन, समितिका सदस्यहरु एवम् स्थानीय जनसमुदायको सल्लाह सुझाव एवम सहयोगका लागि सम्बन्धित स्थानीयकै उपस्थितिमा सागर महर्जनको संयोजकत्वमा ९ सदस्यीय सेवा मार्ग टोल सुधार उपसमिति गठन गरि निर्माण कार्य गर्ने सडकको निरीक्षण गरिएको थियो ।
Categorized in समाज