१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

डलर भाउ ११९ नजिक, नेपाललाई फाईदा भन्दा बढि नोक्सान


प्रकाशित: मंगलवार, २३ असोज २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौ । अमेरिकी डलरको भाउ दिनदिनै आकासिँदै गएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार तोकेको डलर भाउ ११८ रुपियाँ ८० पैसा छ । डलरको भाउ जति बढ्छ नेपाली रुपियाँ त्यतिनै कमजोर हुन्छ । 


यस अघि डलरको भाउ ११८ रपियाँ ३३ पैसा थियो ।भारुसँगको स्थिर बिनिमय दरका कारण भारु तलमाथि हुँदा नेपाली रुपैयाँ पनि प्रभावित हुन्छ । 


डलरको मूल्य वढ्दा नेपालीलाई फाईदै नभएको होइन तर अति सिमिति, हाम्रो आयात एकदमै धेरै निर्यात एकदमै कम छ । जुसले गर्दा सामान किन्दा डलरको मुल्यमा आयात गर्नु पर्ने भएकोले गर्दा फाईदा भन्दा बढि नोक्सान भएको विश्लेषकहरुले बताए ।

 
विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ । यसबेला रेमिटेन्स पठाउनेले बढि मूल्य पाउँछन । 


डलरको वृद्धिले  निर्यात गरिने सामग्री हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ । 


त्यसैगरी बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ । तर नेपालले ठूलो मात्रामा आयात गर्ने सामग्रीहरु किन्दा महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्य बृद्धिमा यसको चाप देखिने छ ।
बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिने छ । 


भारत तथा तेस्रो मुलुकबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामानहरुको मूल्य उच्च हुन्छ । डलर वढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा भार पर्छ । 


त्यसैगरी विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई पनि डलर वृद्धिले समस्या पार्छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex