१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

डलरको भाउ बढ्दा नेपाली रुपियाँ कमजोर


प्रकाशित: शुक्रबार, १५ भाद्र २०७५, ०९ः२० बजे
- महानगरखबर

काठमाडौं । अमेरिकन डलरको भाउ बढ्दा नेपाली रुपियाँ एकदमै कमजोर हुन पुगेको छ । 


अमेरिकी डलर शुक्रबार ११३ रुपियाँ ४९ पैसा पुगेको छ । बिहीबार ११३ रुपैयाँ २५ पैसा रहेको थियो । डलरको भाउ ११५ रुपियाँसम्म पुग्ने अनुमान गरिएको छ । 


पछिल्लो समय भारतले पेट्रोलियम पदार्थको स्टक बढाउन डलर खर्च गरिरहेकोले त्यसको असर नेपाली बजारमा देखिएको हो । भारुसँग स्थिर विनिमय दर भएका कारण त्यहाँको प्रभाव नेपाली रुपैयाँमा परेको हो । 


१०० भारु बराबर नेपाली १६० रुपैयाँको स्थिर विनिमय दर छ । भारतको अर्थतन्त्रमा अलिकति तलमाथि हुँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex