काठमाडौं । टुँडिखेलको काण्डबाट चर्चित बनेका ठेकेदार मनोज भेटवालले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन ।
महानगरीय प्रहरी परिसर, टेकुमा पुगेर भेटवालले आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । जलेश्वर स्वच्छन्द विल्डर्सका सञ्चालक समेत रहेका उनी प्रहरीको वाण्टेड सुचिमा रहेका थिए ।
भेटवालालई उच्च अदालत, पाटनले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएपछि उनी भेटवाल भारतका विभिन्न सहरमा लुकेर बसेका थिए । चन्द्र तामाङको किटानी जोहरीमा भेटवालले ७५ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ ।
पुरानो बसपार्कमा भ्यूटावर बनाउने ठेक्का पाएका भेटवावलले टुँडिखेलमा रहेको अस्थायी बसपार्कमा अबैध रुपमा टहरा बनाई भडा असुल्न थालेपछि स्थानीय, सम्पदा अभियान्तहरुको चर्को विरोधपछि काठमाडौ महानगरपालिकाले टहरा भत्काएका थिए ।
Categorized in समाज