२२ बैशाख २०८१, शनिबार
Header

ठुला करदातालाई जरिवाना छुट तथा सहुलियतको उपयोग गर्न आब्हान 


प्रकाशित: विहिवार, २२ पुस २०७८, १९ः४० बजे
- महानगरखबर

काठमाडौं । ठुला करदातालाई पुस मसान्तसम्म रहेको जरिवना छुट तथा सहुलियतको उपयोग गर्न आव्हान गरिएको छ ।


ठूला करदाता कार्यालयका प्रमुख शिवलाल तिवारीले आर्थिक ऐन, २०७८ ले प्रदान गरेका छुट तथा सुविधामध्ये विचाराधिन मुद्दा फिर्ता र बक्यौता कर दाखिलाको सुविधा लिने म्याद पुस मसान्तसम्म रहेका कारण त्यसको उपयोग गर्न आह्वान गरे ।


चालु आर्थिक वर्ष २०७८/७९ मा करदाताले जरिवाना छुट तथा सहुलियत लिने म्याद पुस मसान्तसम्म रहेको छ ।  


बिहीबार विभिन्न बैंक तथा वित्तीय संस्थासँग भएको छलफल तथा अन्तरक्रियामा सो आव्हान गरिएको हो । सो क्रममा आयकरको ४० प्रतिशत पहिलो किस्ता बापतको रकम दाखिला गर्ने समय समेत पुस मसान्तसम्म रहेको भन्दै यो अवधिमा किस्ता बुझाउन समेत कार्यालयले आग्रह गरेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD