७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ठमेल र दरवारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउने तयारी 


प्रकाशित: आइतवार, १२ चैत्र २०८०, १८ः३० बजे 
- महानगरखवर

काठमाडौं । काठमाडौंको ठमेल र दरवार क्षेत्र २४ सै घण्टा खुलाउने सरकारले तयार थालेको छ । 


उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ घण्टा खुलाउन निर्देशन दिएपछि सोको लागि सोमवार तयारी बैठक बसेको हो ।


जिल्ला प्रशासन काठमाडौंले सम्बन्धित सबै निकायहरु र व्यवसायीहरुसँग छलफल गरेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले  बताए । 


प्रमुख अधिकारी बस्नेतले व्यापार व्यवसाय सञ्चालनको लागि व्यवसायी र स्थानीय बासीहरु सम्मिलित बजार व्यवस्थापन समिति बनाउने वा भएका समितिलाई जिम्मेवारी दिइने उल्लखे गरे ।

 
सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्ने , व्यवसायीहरुले २४ घण्टा बजार खुल्ने भएपछि वस्तु तथा सेवामा दिँउसो र रातिको मूल्य फरक बनाउन नपाउने उनले बताए । 


त्यसैगरी, व्यवसायीहरुले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन हुनेगरी ध्वनी प्रदूषण गर्न नपाउने, सुरक्षाको हिसावमा हामीले पहिलो जिम्मेवारी व्यवसाय सञ्चालकको हुने तथा आन्तरिक सुरक्षा प्रणाली व्यवसायीआफैँले गर्नु पनि प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए । 


ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले लामो समयदेखि ठमेलमा २४ सै घण्टा व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै आएको मा सुरक्षा परिषद् र जिल्ला प्रशासन कार्यालयले परिमार्जन गरी ठमेल र दरबार मार्गलाई सुरक्षित र व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने विषयमा छलफल भएको बताए ।


दरबारमार्ग विकास बोर्डका कोषाध्यक्ष सञ्जय अधिकारीले दरबार मार्गलाई २४ घण्टा खुला गर्न हरेक हिसावले उपयुक्त रहेको बताए । उनले ७० मिटरको क्षेत्रफलमा सबै संरचनाहरु तयारी अवस्थामा रहेकाले सरकारले तत्काल २४ सै घण्टा खुला गर्दा कुनै समस्या नपर्ने उल्लेख गरे।


बैठकमा काठमाडौं महानरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रदीप परियार, काठमाडैं जिल्ला प्रहरी परिसर, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भुपेन्द्र खत्री लगायतको पनि उपस्थिती रहेको थियो ।  

asteriskhubs
Home Page Bottom Second


maharjan complex