२७ बैशाख २०८१, बिहिबार
Header

ठमेल र दरवारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउन विशेष सुरक्षा तायरी


प्रकाशित: विहिवार, २९ चैत्र २०८०, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । ठमेल र दरवारमार्ग क्षेत्र चौविसै घण्टा चलायमान बनाउन प्रहरीले विशेष सुरक्षा तयारी गरेको बताएका छन । 


विहिवार जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सो बताएका हुन । 


सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगञ्ज तथा मालिगाउँले आयोजना गरेको ‘लागुऔषध दुव्र्यसनी तथा साइबर अपराध न्यूनीकरणसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा उनले अपराधका घट्ना हुन सक्ने स्थानमा सुक्ष्म अनुसन्धान भईरहेको बताए ।


‘ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउनका लागि अपराध हुनसक्ने सम्भावित क्षेत्रको प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ, नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी उक्त बजारलाई चलायमान बनाउन नेपाल प्रहरी लाग्नेछ,’ उनले भने । 


उनले कार्यक्रमको विषयमालाई सम्बोधन गर्दै भने पछिल्लो समय राजधानी काठमाडौंसहित देशभर लागुऔषध दुव्यर्सनी र साइबर अपराधको घटना बढेको भन्दै यसलाई नियन्त्रणका लागि काठमाडौं प्रहरीले काम गरिरहेको उल्लेख गरे ।


चालू आर्थिक वर्षमा सामाजिक सञ्जालको दुरूपयोग गर्ने ३७०० सय मुद्दा काठमाडौं प्रहरीमा दर्ता भएको उनले जानकरी दिए । 


यस्तै, लागुऔषध दुव्यर्सनीसम्बन्धी देशभर चार हजारभन्दा बढी मुद्दा दर्ता भएको एसएसपी खत्रीले बताए ।


सो अवसरमा काठमाडौं महानगरपालिका वडा नं ४ का वडाअध्यक्ष दिनेश महर्जन, सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपाने लगायतले लागु औषधबाट हुने अपराधका घट्ना र जोखिमबारे चर्चा गरेका थिए ।  


कार्यक्रममा प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) अम्बरबहादुर थापा क्षेत्रीले पछिल्लो समय युवा पुस्ता लागुऔषध दुव्र्यसनी र साइबर अपराधमा फसेको भन्दै यसलाई न्यूनीकरणका लागि प्रहरीले समाज सँगको सहकार्यमा विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD