१५ बैशाख २०८१, शनिबार
Header

ठमेल खुल्ला गर्नुपर्ने व्यवसायीहरुको माग


प्रकाशित: शुक्रवार, २४ पुष २०७७, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । ठमेलका व्यवसायीहरुले ठमेल क्षेत्र खुल्ला गर्नुपर्ने सरोकारवालाहरुसँग छलफल चलाएका छन ।


शुक्रवार ठमेल पर्यटन विकास परिषद्द्धारा अयोजित ‘छलफल तथा अन्तरक्रिया’ कार्यक्रममा व्यवसायीहरुले ठमेल क्षेत्र सञ्चालनमा ल्याएर पर्यटन उद्योगलाई विस्तारै पुनस्र्थापना गर्नुपर्ने माग राखेका हुन । 


कोविड १९ सँगै सुस्ताएको ठमेलको व्यवसायलाई गति दिन तथा आर्थिक संकट व्यवस्थापनका गर्न ठमेल खुल्ला गर्नु पर्ने र रात्रीकालीन व्यवसायलाई रातभर सञ्चालन हुने वातावरण बनाउनु पर्ने पनि व्यवसायीहरुले माग राखेका छन । 


सरोकारवालाहरुको भएको छलफल तथा अन्तरक्रियामा व्यवसायीहरुको मागलाई ध्यानमा राख्दै व्यवसाय संचालनको लागि स्वास्थ्य मापदण्ड, स्थानीय सुरक्षा, अबैध गतिविधिलगायतका विषयमा चर्चा भएको छ । 


कार्यक्रममा काठमाडौं महानगरपालिका वडा २६ का अध्यक्ष ख्यामराज तिवारीले ठमेलका सडकमा अमर्यादित गतिबिधि भएको खवरले नकारात्मक सन्देश गएकोले यसलाई वैकल्पिक पेशा र व्यवसायको सिर्जना गरेर समाधान गर्ने दिशामा महानगरको सोच रहेको बताए ।


व्यवसाय संचालनको लागि प्रचलित मापदण्डको पालना गर्ने गरी अघि बढ्न घरधनी र व्यवसायीको एउटै मत हुनुपर्ने वडा अध्यक्ष तिवारीले भने । 


त्यसैगरी महानगरीय प्रहरी परिसरका प्रमुख अशोक सिंहले सरकारले दिएन भनेर गुनासो गरेसँगै व्यवसायीले पालना गर्नुपर्ने व्यवसायिक धर्मका विषयमा पनि मनन गर्नुपर्नेमा जोड दिए । 


उनले भने, ‘ठमेलका होटलमा बस्न आउने पाहुना र घरधनी ढुक्कसँग सुत्न पाउँछन ? लाइभ व्याण्ड र गीतसंगीतसँग सम्बन्धित रात्रीकालीन व्यवसाय सञ्चालन गर्ने व्यवसायीले उत्तर दिनुपर्छ ।’ 


सडकमा अबैध यौन गतिबिधि भयो भनेर गुनासो गर्दै गर्दा कुन ठाउँ र समयमा यस्ता धन्धा भएका छन । सूचना दिएर प्रहरीलाई सहयोग गर्नुपर्ने परिसर प्रमुख सिंहले बताए । 


ठमेल बन्द भएपछि नेपालको पर्यटन उद्योगमा ठूलो धक्का लागेको परिषदको भनाई छ । परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले ठमेलका व्यवसायीहरुको माग सरकारसँग पु¥याउन महानगरले सहजीकरण गरिदिनुपर्ने सुझाव दिएका थिए । 


परिषद्का महासचिव भविश्वर शर्माका अनुसार ठमेलमा साना साना चिया पसलदेखि ५ तारे होटलसम्मका सुबिधा छन । यस क्षेत्रमा करीब १० हजार व्यवसायी र २ हजार घरधनी छन । 


सिजनमा ठमेलले दैनिक ३० देखि ३५ करोड रुपैयाँसम्म र अफसिजनमा १८ देखि २० करोड रुपैयाँसम्म कारोवार गर्ने शर्माको भनाई छ । 


छलफलका संयोजक राजेन्द्र तुलाधरले ठमेलमा दैनिक ज्यालादारी गरेर खानेदेखि तारे होटल चलाउने सबैमा समस्या चुलिँदै गएको छ । यसलाई नखोली भोलि अर्को समस्या ठडिन सक्ने भनाई राखेका थिए । 


छलफलमा व्यवसायीहरु सपेन्द्र गौत्तम, अमित पौडेल, भीम श्रेष्ठलगायत व्यवसायीले समसायिक अवस्थाका बारेमा टिप्पणी गरेका थिए । उनीहरुले भने ‘अहिले पार्टी प्यालेस, सार्वजनिक यातायात, काठमाडौंकै नयाँ सडक र इन्द्रचोक सबै खुलिसकेका छन । अनि ठमेल मात्र बन्द किन ?’ त्यस क्रममा व्यवसायीले, रात्रीकालीन व्यवसाय गर्दा कोटेश्वर, सुन्धारा, दरबारमार्ग र ठमेललाई एउटै मापदण्डमा सञ्चालन गर्ने प्रबन्ध गर्नुप¥यो, भन्ने आवाजलाई एक मत बनाएका थिए ।


अन्तरक्रियामा घरधनीहरुले ठमेलमा रातको समयमा हुने जमघट, चर्को आवाज र सडकमा देखिने अश्लिल गतिबिधिले परिवारसँग बस्ने र आनन्दसँग सुत्ने वातावरण नभएको गुनासो गरेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD