काठमाडौं । ठमेल क्षेत्रमा शनिबार विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणको रत्नपार्क वितरण केन्द्रले जनाएको छ ।
११ केभी प्रसारण लाइन अन्तर्गत लैनचौर फिडरको ‘प्रिभेन्टिभ मेन्टिनेन्स’का लागि सो क्षेत्रमा काम हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका अनुसार, त्यस फिडरबाट विद्युत आपूर्ति भइरहेका लैनजौर दुग्ध विकास संस्थान अगाडिको गणेश मन्दिर, ठमेल जाने चोक, पुरानो नेपाली चुलो, हिटी पोखरी, जय नेपाल हल, हात्तिसार क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ ।
यसैगरी, नक्साल नारायण चौर, प्रहरी हेड क्वार्टर, भूँडे गणेश, टंगाल स्कुल, नक्साल भगवती मन्दिर, मल्ल होटल अगाडि हुँदै अमृत साइन्स क्याम्पस आसपासका स्थानमा विद्युत आपूर्ति हुने रत्नपार्क वितरण केन्द्रले जनाएको छ ।
Categorized in प्रबिधि