काठमाडौं । काठमाडौंको ठमेलमा रात्रीकालिन व्यवसायीले प्रदर्शन गरेका छन ।
बुधवार उनीहरुले रात्रीकालीन व्यवसाय खोल्न माग गर्दै प्रदर्शन् गरेका हुन । कोरोनका कारण आठ महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राखेका हुन ।
व्यवसायीहरुको अनुसार सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउँदा समेत सुनुवाइ नभएकाले विरोध प्रदर्शन गरेको हो । रात्रीकालीन व्यवसाय खोल्ने निर्णय नभएसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन ।
रात्रीकालीन व्यवसायीहरुले विभिन्न नारा लेखिएका व्यानर लिएर सडक छेउमा उभिएर प्रदर्शन गरेका हुन् ।
उनीहरुले प्लेकार्डमा ‘काम छैन दाम छैन’, ‘जनता कोरोनाले होइन लापरवाहीले मर्दैछन’ जस्ता नारा लेखेर प्रदर्शनमा उत्रेका थिए ।
यता स्वास्थ्य मन्त्रालयले अझै १५ दिनसम्म रात्रीकालिन व्यवसायीहरु र फिल्म हल नखोल्ने जनाएको छ ।
Categorized in समाज