काठमाडौं । काठमाडौं प्रहरी परिसरले ठमेलबाट ७ लाख रुपैयाँ बराबरको चोरीको भाडासहित २ जनालाई पक्राउ गरेको छ ।
तामा र पित्तलको भाडाकुडा चोरीमा संलग्न नुवाकोटको कसनी गाउँपालिका–७ का २३ वर्षीय अर्जुन सेढाईँ र गोरखाको भिमसेन–१ का २३ वर्षीय सन्तोष पाण्डे पक्राउ परेको काठमाडौं प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले बताए ।
त्यसैगरी महानगरीय प्रहरी वृत्त, जनसेवाले जनाएअनुसार अनुसन्धानको क्रममा उनीहरुको घरबाट करिब ५ लाख रुपैयाँ बराबरको थप चार बोरा भाडा समेत बरामद गरेको छ ।
Categorized in राष्ट्रिय