८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

ठमेलबाट ११५ किलो बुद्धचित्तासहित दुई चिनियाँ नागरिक पक्राउ


प्रकाशित: विहिवार, २९ साउन २०८२, १२ः१० बजे
- महानगरखबर

काठमाडौं । राजधानीको ठमेल क्षेत्रबाट प्रहरीले ११५ किलो बुद्धचित्ताको दाना बरामद गर्दै दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।


जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार राति विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । 


पक्राउ परेकासँगै नगद १२ लाख ७० हजार रुपैयाँ पनि बरामद गरिएको परिसरका प्रवक्ता तथा एसपी अपीलराज बोहराले जानकारी दिए ।


हाल उनीहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेमा राखी आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex