काठमाडौँ । काठमाडौंका पर्यटकीय हव ठमेलमा स्थित चाईना डान्सबारमा भएको कुटपिटमा २ जना घाईते भएको प्रहरीले जनाएको छ ।
घाईतेहरु तारकेश्वर नगरपालिका–६ गोलढुङ्गा बस्ने ३५ वर्षीय मोहन पुरुवाल र काठमाडौँ मनमैजु बस्ने सिन्धुपाल्चोकका २८ वर्षीय रामकृष्ण भण्डारी रहेको प्रहरीले जनाएको छ ।
उनीहरु दुवैको मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा उपचार भइरहेको छ ।
प्रहरीले सो कुटपिट घट्नामा संग्लनमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर सातदोबाटो घर भएका ४३ वर्षीय दिलगुरुङ र सुनाकोठी बस्ने ३२ वर्षीय निराजन महर्जन रहेको छ ।
प्रहरीले काठमाडौँ महानगरपालिका–१६ ठमेलबाट पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in मनोरन्जन