२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ठमेलको एक होस्टलमा मृत भेटिए चिनियाँ नागरिक


प्रकाशित: आइतवार, २१ माघ २०८०, १७ः२० बजे
- महानगरखवर

काठमाडौं । एक चिनियाँ नागरिक काठमाडौं – १७, ठमेलको क्वाबहालस्थित नेपालय होम होस्टलमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 


प्रहरी वृत्त, सोह्रखुट्टेका अनुसार होस्टलमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङलाई मृत अवस्थामा फेला परेको हो । 


शनिबार मृत अवस्थामा फेला परेपछि होस्टलका कर्मचारीले प्रहरीलाई जानकारी गराएका थिए । 


पोष्टमार्टम प्रतिवेदनमा मृत्युको कारण खुल्ने भएकोले शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex