काठमाडौं । अनलाइन ठगीको आरोपमा ९ जना चिनियाँ नागरिकसहित १९ जना पक्राउ परेका छन ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलय मीनभवन काठमाडौले उनीहरुलाई मंगलवार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार काठमाडौंका विभिन्न ठाउँमा घर भाडामा लिई अनलाइनबाट ठगी कार्यमा संलग्न रहेको आरोपमा बूढानिलकण्ठ नगरपालिका ४ महादेवखोला र काठमाडौं महानगरपालिका ४ चण्डोल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।
ह्वाट्सएपलगायत अनलाइनबाट ठगी कार्य गरिरहेको सुचना पाएपछि प्रहरीले कारवाही चलाएको हो ।
प्रहरीले उनीहरुको साथबाट १२ थान ल्यापटप, ७७ थान मोबाइल सेट, ७४ थान सिम कार्ड, राहदानी ६ थान, २ थान कम्प्युटर र राउटर ४ थान पनि बरामद भएको छ ।
साथै चार लाख १ हजार ८ सय ८० रुपैयाँ पनि बरामद भएको छ ।
पक्राउ परेका उनीहरुलाई ठगी कसुरअन्तर्गत थप अनुसन्धान एवं कारबाही गरिरहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज