४ भाद्र २०८३, बिहिबार
Header

ट्रायल पास गरेका २ लाखले पाएन ‘स्मार्ट लाईसेन्स’


प्रकाशित: शुक्रवार, २१ मंसिर २०७५, ११ः२१ बजे
- महानगरखबर

काठमाडौं । सावारी चालक अनुमितपत्रका लाग ट्रायल पास गरिसकेका २ लाखबढीले अझै ‘स्मार्ट लाईसेन्स’ नपाएको यातायात व्यवस्था विभाग कार्यालय एकान्तकुनाले जनाएको छ । 


लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाखभन्दा बढी सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र नपाएपछि सेवाग्राहीको गुनासो सुनेर वस्न बाध्य भएको कर्मचारीले बताएका छन । 


एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट कार्ड’ का लागि लिइएको परीक्षा उत्तिर्ण भएर राजश्व तिरेका सेवाग्राहीको सङ्ख्या बिहीबारसम्म पाँच लाख ५७ हजार ७०० थियो ।

 
सो कार्यालयबाट अहिलेसम्म तीन लाख ५४ हजारले ‘स्मार्ट’ चालक अनुमतिपत्र लिएका छन भने दुई लाख तीन हजारका लागि भने छाप्न बाँकी रहेको कार्यालयले जनाएको छ । 


एक वर्षभन्दा पहिले परीक्षा पास गरेका सेवाग्राहीले समेत अनुमतिपत्र नपाएको कर्मचारीहरुले बताएका छन् ।  


यता स्मार्ट लाईसेन्स लिनेहरुको आफ्नै समस्या रहेको छ । चालक अनुमतिपत्रमा भएको चिप (धातुको टुक्रा) उप्कने, वेवसाइड नखुल्ने, ढड्डा र कम्प्युटरमा फरकफरक विवरण हुनेलगायतका समस्या लिएर दैनिक सयौँ सेवाग्राही आउने गरेको कार्यालयले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex