२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

ट्राफिक महाशाखाद्धारा पाँच महिनामा रु १२ करोड २५ लाख संकलन


प्रकाशित: शनिवार, १४ पुष २०७५, १२ः४५ बजे
- महानगरखबर

काठमाडौँ । चालु आर्थिक बर्षको पाँच महिनामा महानगरीय ट्राफिक महाशाले रु १२ करोड २५ लाख ७७ हजार राजश्व संकलन गरेको छ । 


महाशाखाले मादकपदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, जथाभावी सवारी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिनेलगायतका कारवाहीबाट राजश्व सङ्कलन गरेको हो । 


महाशाखाले एक लाख ८५ हजार ४३६ सवारी साधन कारवाही गरेबापत उक्त रकम सङ्कलन गरेको हो ।


आर्थिक वर्ष २०७४÷७६ मा रु २९ करोड ३१ लाख ४५ हजार, आव २०७३÷७४ मा रु ३५ करोड ६० लाख ६७ हजार राजश्व सङ्कलन भएको थियो । 


महाशाखाले चालु आर्थिक वर्षमा लेन अनुसाशन पालन नगर्ने १३ हजार ८०३, जथाभावी फुटपाथमा पार्किङ गर्ने ११ हजार १८१, बढी भाडा लिने चार हजार १३६ सवारी, मापसे सेवन गरी सवारी चलाउने १३ हजार ९६५ सवारी साधनलाई कारवाही गरेको हो । 


महाशाखाले विसं २०६८ मङ्सिर १७ देखि मापसे कारवाही चलाएकोमा हालसम्म दुई लाख ८६ हजार ९२२ सवारी चालकलाई कारवाही गरेको छ । जसमा दुई लाख ८६ हजार ९२२ पुरुष र एक हजार ६०२ महिला रहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex