२ भाद्र २०८३, मंगलबार
Header

ट्राफिक भ्यानको ठक्करबाट कोटेश्वरमा एक पैदलयात्रुको मृत्यु


प्रकाशित: बुधवार, २९ साउन २०७६, १२ः०७ बजे
- महानगरखवर

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाको भ्यानले ठक्कर दिँदा कोटेश्वरमा एक पैदलयात्रुको मृत्यु भएको छ । 


परिचय नखुलेका ती व्यक्तिको बुधवार विहान उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार मंगलबार राति ११ बजे निस्केको बा१झ ७८६६ नम्बरको भ्यानले ठक्कर दिँदा ती व्यक्तिको मृत्यु भएको हो । पुरुषको मृत्यु भएको हो ।


बानेश्वर वृत्तले गाडी र चालकलाई  नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 


मृतक व्यक्तिको आकाशे पुलमूनि कपडा र बोरा भेटिएको ती व्यक्ति त्यहीँ बसिरहेको हुनसक्ने अनुमान प्रहरीको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex