५ भाद्र २०८३, शुक्रबार
Header

ट्राफिक प्रहरीद्वारा सिसिटिभीबाटै २० हजार चालकलाई कारवाही !


प्रकाशित: विहिवार, २९ कात्तिक २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौँ । ट्राफिक नियम उल्लघंन गर्ने सवारी चालकहरुलाई ट्राफिक प्रहरीले सिसिटिभीबाटै कारवाही अभियान थालेको छ । 


महानगरीय ट्राफिक प्रहरी महाशाखाले हालसम्म सिसिटिभीमार्फत २० हजार २४ जनालाई कारवाही गरेको छ । 


विसं २०७३ देखि सिसिटिभीमार्फत सवारी चालकलाई कारवाही थालेको महाशाखाले हालसम्म २० हजार बढी व्यक्तिलाई कारवाही गरेको हो । आव २०७३/७४ मा १३ हजार २२७, आव २०७४/७५ मा दुई हजार ७१६ र आव २०७५/७६ मा दुई हजार ७५२ जनालाई कारवाही गरेको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले पछिल्लो समय सिसिटिभीमार्फत सवारी साधन कारवाहीलाई तीव्रता दिएको थियो । 


साँघुरा सडक र अत्याधिक सवारीसाधन भएकाले लेन मिच्ने, तीब्र गतिमा सवारी चलाउने, एकतर्फी बाटोमा सवारी चलाउने, नो टर्न लेखेको ठाँउबाट टर्न लिनेलगायतलाई कारवाही गरिएको महाशाखाले जनाएको छ । हाल महाशाखाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका ४६० क्यामराबाट उपत्यकाको ट्राफिक गतिविधिको बारेमा हेर्दे आएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex