१४ बैशाख २०८१, शुक्रबार
Header

ट्राफिक नियम मिच्नेलाई १५ हजार सम्म जरिवाना हुन सक्ने नियम आउँदै


प्रकाशित: सोमबार, ९ भाद्र २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । ट्राफिक नियम मिच्नेलाई १५ हजारसम्म जरिवाना हुन सक्ने व्यवस्था संघीय सवारी तथा यातायात व्यवस्था ऐन मार्फत आउने भएको छ । 


यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालका अनुसार ट्राफिक जरिवाना चार डिजिटको बनाउने तयारी गरिएको छ । 


नियम उल्लङघनको प्रकृति हेरेर तीन गुणसम्म पनि जरिवाना गर्न सक्ने व्यवस्था गर्न लागिएको छ । विभागले अहिले संघीय ऐनको ड्राफ्टलाई फाईनल गरेपछि मन्त्रालय पुग्ने छ । 


नयाँ आउने संघीय ऐन जस्ताको त्यस्तै पारित भएको खण्डमा न्युनतम एक हजार रुपैयाँ देखि पन्ध्र हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । 


न्यून जरिवना रहेका कारण ट्राफिक नियम उल्लङघन गर्नेको सङख्या बढेको र त्यसले दुर्घटना बढाएको भन्दै विभागले प्रकृति हेरेर जरिवाना बढाउन  लागेको हो । 


अहिले ट्राफिक नियम उल्लंघन गरेवापत ५ सय रुपैया देखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।


अहिलेको जरिवाना बढेपछि नियम उल्लंघन गर्नेहरुका घट्ने र ट्राफिक अस्तव्यस्तता पनि रोकिने विभागको अपेक्षा छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD