१२ भाद्र २०८३, शुक्रबार
Header

ट्राफिक नियम मिचे ५ हजार जरिवाना प्रस्ताव


प्रकाशित: बुधवार, ९ पुष २०७६, १४ः२० बजे
- महानगरखवर

काठमाडौं । नयाँ ट्राफिक नियममा ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार जरिवानाको प्रस्ताव गरेको छ ।


यातायात व्यवस्था विभागले संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदामा सो प्रस्ताव गरेको हो । 


विभागका महानिर्देशक गोगनबहादुर हमालले ऐनको मस्यौदामा हामीले ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार जरिवानाको प्रस्ताव गरेको सेतोपाटीडटकममा बुधवार प्रकाशित समाचारमा उल्लेख छ ।


सो प्रस्तावको विषयमा आगामी १३ र १४ गते काठमाडौंमा छलफल हुने महानिर्देशक हमालले बताएका छन । सो प्रस्तावलार्य संसदले अनुमोदन गरेपछि ऐन लागू हुन्छ ।


अहिले ट्राफिक नियम उल्लंघन गरे ट्राफिक प्रहरीले कसुर हेरेर ५ सय देखि १५ सयसम्म जरिवाना लिने गरेको छ । 


यो ऐन लागू भए लेनक्रस, ओभर स्पिड, जिकज्याक लगायतका सामान्य कसुरमा ५ हजार जरिवाना लगाउन पाउने छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex