काठमाडौं । उपत्यकामा ट्राफिक उलंघन गरेवापतको जरिवाना तीन थप ३ ठाउँमा कार्यलय स्थापना गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुर, महानगरीय ट्राफिक प्रहरी बृत्त नयाँ बसपार्क तथा महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशालामा ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम सफ्टवयेर संचालनमा ल्याएको हो ।
भक्तपुर जिल्लाभित्र कारवाहीको लागि राखिएका कागजपत्रहरु भक्तपुर, चुनदेवीस्थित ट्राफिक प्रहरी कार्यालयबाट जारिवाना तिरेर कागजपत्र फिर्ता लिन सकिनेछ ।
त्यसैगरी नयां बसपार्क एरियाका कारवाहीको लागि राखिएका कागपत्रहरु सोही स्थानको ट्राफिक प्रहरी कायालयबाट र गौशाला तथा एयरपोर्ट एरियामा कारवाहीको लागि राखिएका कागजपत्रहरु ट्राफिक प्रहरी कार्यालय गौशालाबाट सुविधा लिन सक्नेछ ।
यसअघि महाशाखा लगायत महाराजगञ्ज, थापाथली , कालिमाटी, कलंकी, सातदोवाटो, दरवारमार्ग, बौद्ध र कोटेश्वरमा मात्र थियो ।
मापसे र लेन कारवाहीमा परेका कागजपत्रहरू भने महाशाखावाट सचेतना कक्षा पश्चात महाशाखाबाटै लिन सकिने व्यवस्था गरिएको छ ।
महाशाखाको अनुसार उपत्यकामा दैनिक रूपमा २ हजार ५ सयदेखि ३ हजार चालकहरु ट्राफिक कारवाहीमा पर्ने गरेक छन ।
Categorized in समाज