काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई उत्पदान बढाउन भनेको छ । अमेरिककाले ईरानलाई कडा प्रतिबन्ध लगाउने घोषणा गरेपछि साउदीसँग तेल उत्पादन बढाउन ट्रम्पले आग्रह गरेको हो ।
ट्रम्पले साउदी अरबका राजा सलमानले तेलको उत्पादनलाई बढाउन सहमत भएको बताएका छन । तेल उत्पादनका लागि गरिएको आग्रहलाई साउदी सहमति भएको ट्रम्पको भनाई छ ।
तेल निर्यातकर्ता मुलुकहरूको संगठन (ओपेक) को तेस्रो ठूलो तेल उत्पादकले प्रतिदिन २० करोड ब्यारेल तेल निर्यात गर्ने गरेको सन्दर्भ यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ ।
ट्रम्पले इरान र भेनेजुयालामा देखिएको अस्तव्यस्तताका कारण साउदी अरबसँग तेल उत्पादन बढाउन आग्रह गरेको हो ।
साउदी अरबले प्रतिदिन २० लाख व्यारेल उत्पादन गर्नेछ ।
Categorized in अन्तर्राष्ट्रिय