काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय खारेज गरेको घोषणा गरेको छ ।
बिहीबार ह्वाइट हाउसको पश्चिमी कोठामा राष्ट्रपति ट्रम्पले वरिपरि विद्यार्थीहरूलाई राखेर शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।
शिक्षा मन्त्रालयले खर्च गरे अनुसार परिणाम चित्तबुझ्दो नभएकाले ै ट्रम्पले खारेजीको प्रक्रिया अगाडि बढाउन शिक्षा मन्त्री लिन्डा मिकमेहनलाई निर्देशन थिए ।
ट्रम्पले मन्त्री मिकमेहनलाई पनि राजीनामा दिन निर्देशन दिएका छन । अमेरिकामा मन्त्रालय नै खारेज गर्ने उनी पहिलो राष्ट्रपति रहेको भनेर अमेरिकी मिडिया सिएनएनले उल्लेख गरेको छ।
रोयटर्सका अनुसार यस्ता प्रस्तावहरू पास गर्नका लागि सिनेटमा ६० भोट आवश्यक रहन्छ । रिपब्लिकनका ५९ सिनेटर छन्।
अमेरिकाका १ लाख सामुदायिक ३४ हजार निजी विद्यालयको निरीक्षण मन्त्रालयले गरिरहेको छ । ती विद्यालयको स्तरोन्नतिदेखि शिक्षकहरूलाई तलब, असामान्य विद्यार्थीहरूलाई सहायता पनि मन्त्रालयले नै गर्दे आइरहेको थियो।
मन्त्रालय बन्द गराउने निर्णयले शैक्षिक ऋण लिएर पढेका, कलेज फि तिर्न नसक्ने र शारिरीक अपांगता भएका विद्यार्थीहरूलाई मर्का पर्ने बताइएको छ।
21 March 2025, Friday
Categorized in अन्तर्राष्ट्रिय