११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

ट्रम्पलाई महाअभियोग लगाउन एलन मस्कको अभिव्यक्ति


प्रकाशित: शुक्रवार, २३ बैशाख २०८२, १२ः१० बजे
- महानगरखबर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी सहयोगी अर्बपति एलन मस्कले ट्रम्लाई ट्रम्पलाई महाअभियोग लगाउनुपर्ने अभिव्यक्ति दिएका छन । 


पछिल्लो समय ट्रम्प र मास्कविच विवाद बढ्न थालेपछि राष्ट्रपटि ट्रम्ले मास्कसँग कम्पनीसँगको सरकारी सम्बन्ध र अनुदान तोड्ने चेतावनी दिएका छन । 


उक्त चेतावनी पछि मस्कले जवाफमा ट्रम्पलाई महाअभियोग लगाउनुपर्ने अभिव्यक्ति दिएका छन् ।


ट्रम्पले हालै मस्कलाई सरकारी खर्च कटौती गर्ने सरकारी निकायको प्रमुखमा नियुक्त गरेका थिए । मस्क सो जिम्मेवारीबाट अलग भएपछि उनीहरुको विवाद पनि छताछुल्ल भएर सार्वजनिक भएको छ ।


मिडिया प्लाटफर्ममा उनीहरुले एकअर्कालाई आरोपप्रत्यारोप गर्दै धम्कीपूर्ण अभिव्यक्ति समेत दिएका छन ।


मस्कले पटकपटक ट्रम्पको कर सम्बन्धी नीतिको आलोचना गरेका थिए । त्यसबाट निराश भएका ट्रम्पले मस्कलाई ‘ट्रम्प डेरेन्जमेन्ट सिन्ड्रोम’ भएको टिप्पणी गरे । 


त्यसपछि मस्कले आफू नभएको भए ट्रम्पले चुनाव हार्ने अभिव्यक्ति दिए र ट्रम्पले विश्वासघात गरेको आरोप लगाए ।


यति मात्र होइन, मस्कले त अब नयाँ पार्टी खोल्ने समय आएको समेत बताएका छन । 


ट्रम्पले मस्कका सबै कम्पनीसँगको सरकारी सम्बन्ध र अनुदान रोक्ने धम्की दिएपछि मस्कको टेस्ला कम्पनीको शेयर १४ प्रतिशतले घटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ ।

 
ट्रम्पले सरकारी सम्बन्ध तोड्ने बताएपछि मस्कले स्पेस एक्स नामको कम्पनीले ड्रागन अन्तरीक्ष यानलाई बन्द गर्ने घोषणा समेत गरेका छन ।


ट्रम्पले ह्वाइटहाउसस्थित ओभल अफिसमा भनेका छन, ‘मस्कसँग मेरो राम्रो सम्बन्ध थियो । अब उनीसँगको सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने मलाई थाहा छैन । म एलन मस्कबाट निकै निराश भएको छ । मैले उनलाई धेरै सहयोग पनि गरेको थिएँ ।’

asteriskhubs
Home Page Bottom Second


maharjan complex