१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ट्रम्पको राष्ट्रपतीय निर्वाचन अभियानका पूर्व अध्यक्ष पाउल नजरबन्दमा 


प्रकाशित: शनिबार, २ असार २०७५, २१ः५५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपतीय निर्वाचन अभियानका पूर्व अध्यक्ष पाउल मानाफोर्टलाई उनकै घरमा नजरबन्दमा राखेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

 
पाउलले साक्षीहरूलाई प्रभावित तुल्याउन खोजेको आरोपमा नजरबन्दमा राख्न संघीय अदालतले आदेश दिएको जनाएको छ । वासिङ्टन डिसीस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश बर्मन ज्याकसनले मानाफोर्टलाई धरौटीमा रिहा गर्न नमानेपछि भर्जिनीयामा आफ्नो निवासमा नजरबन्दमा राखिएको हो ।

 
सम्पत्ती शुद्धिकरण तथा कर छलीको आरोपमा अनुसन्धानको दायरामा रहेका मानाफोर्टमाथि ट्रम्पको राष्ट्रपतीय निर्वाचनमा रूसी हस्तक्षेपका बिषयमा समेत दोषी भएको आरोप लगाइने गरिन्छ । 


मानाफोर्टमाथि विभिन्न सात फौजदारी आरोपका मुद्दा डि सीको संघीय अदालतमा दायर भएका छन ।

 
यता अमेरिकी राष्ट्रपति ट्रम्पले मानाफोर्टमाथि लगाइएका आरोप अनुचित आरोप मात्र भएका प्रतिक्रिया दिएका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex