८ बैशाख २०८१, शनिबार
Header

ट्रम्पको कार्यशैलीप्रति असुन्तष्ट रहेका रक्षामन्त्री जिमले दिए राजीनामा 


प्रकाशित: शुक्रवार, ६ पुष २०७५, ०९ः५० बजे
- महानगरखबर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैलीप्रति असुन्तुष्ट रहेका अमेरिकी रक्षा मन्त्री जिम म्याटिसले राजीनामा दिएका छन । 


रक्षामन्त्री म्याटिसले सिरियाबाट अमेरिकी सैनिक फिर्ता ल्याउने घोषणा रोक्न ट्रम्पसँग आग्रह गर्दा ट्रम्प नमानेपछि उनले राजीनामा दिएको हो । 


राष्ट्रपति ट्रम्पले बुधबार सिरियाबाट सबै अमेरिकी सैनिक फर्काउने घोषणा गरेका थिए । त्यो घोषणामा रक्षामन्त्री म्याटिससँगै अरू धेरै ट्रम्पका सल्लाहाकारको असहमति थियो । 


अमेरिकी राष्ट्रपतिका नीतिहरूसँग असहमति जनाएर मन्त्रिमण्डलबाट राजीनामा दिने पछिल्लो चालिस वर्षमा म्याटिस दोस्रो व्यक्ति भएका छन ।


सन १९८० मा इरानबाट अमेरिकी बन्दीहरू छुटाउने विषयमा असहमति राख्दै राष्ट्रपति जिमी कार्टरका विदेश मन्त्री साइरस भान्सले राजीनामा गरेका थिए । 


जनरल म्याटिस ट्रम्प प्रशासनबाट बाहिरिएसँगै राष्ट्रपति ट्रम्पसँग असहमति राख्नसक्ने र आफूलाई लागेको कुरा भन्नसक्ने महत्वपूर्ण क्याबिनेट मन्त्रीको बहिर्गमन भएको विश्लेशकहरूले टीप्पणी गरेका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD