४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

ट्रकमा मोटरसाईकल ठोक्किदा २ को निधन


प्रकाशित: आईतबार, १४ असोज २०७५, ११ः२० बजे
- महानगरखबर

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका रोकिराखेको ट्रकमा मोटरसाईकल ठोक्किँदा मोटरसाईकलमा सवार २ जनाको निधन भएको छ । 


महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा गए राति पार्किङ गरेर सडक किनारमा राखिरहेको ना५ख ५८८६ नं को ट्रकमा को८प ७२१५ नं को मोटरसाइकल ठोक्किँदा मोरङ, पथरीशनिश्चरे नगरपालिका– ९ का २३ वर्षीय रोशन शेर्पा र विराटनगर–४ का १९ वर्षीय अनिश राजवंशीको मृत्यु भएको हो । 


शेर्पाको घटनास्थलमै र राजवंशीको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा आईतबार बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex