काठमाडौं । ट्रकको ठक्करबाट दाङको लमही–भालुबाङ सडक खण्डको पिपरीमा मोटरसाईकलमा सवार २ युवकको मृत्यु भएको छ ।
सोमबार बेलुका पूर्व–पश्चिम राजमार्ग सो स्थानमा ट्रकको ठक्करबाट मृत्यु हुनेमा जिल्लाको रा ३ प २०६१ नम्बरको मोटरसाइकलमा सवार घोराही उपमहानरपालिका वडा नं. १५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र चालक लमही नगरपालिका वडा नं। ४ निवासी २७ वर्षीय विनायक चौधरी रहेका छन ।
ईलाका प्रहरी कार्यालय भालुवाङका अनुसार लमही अस्पताल पुर्याए लगतै चिकित्सकले मृत घोषित गरेका थिए ।
उक्त दुघंट्ना अघि दुई लु १९ प ५५०६ नम्बरको मोटरसाइकल र लमहीवाट पूर्व भालुवाङ तर्फ जाँदै गरेको रा ३ प २०६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर उनीहरु लडेका थिए ।
तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६७७४ नम्बरको ट्रकले दुई मोटरसाइकल आपसमा ठोक्किएर सडकमा लडिरहेका उनीहरुलाई हानेको थियो ।
ईलाका प्रहरी कार्यालयका भालुवाङका अनुसार दुर्घटनामा परेका दुई मोटरसाइकललाई ठक्कर दिने ट्रक राजमार्गदेखि एक किलोमिटर टाढाको भित्री सडकमा भेटिएको छ ।
ट्रक भेटिए चालक भने फरार रहेका छन । चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।
अर्का मोटरसाईकल लु १९ प ५५०६ नम्बरको मोटरसाइकलमा सवार राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरीका २८ वर्षीय दिपक मरासिनी गम्भीर घाइते भएका छन ।
Categorized in समाज