काठमाडौं । गएराती चितवनको झुरझुरेमा टयांकरको ठक्करबाट दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्लाा प्रहरी कार्यलयका अनुसार मृत्यु हुनेमा मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा जितपुर–१६ का २९ वर्षीय प्रेमबहादुर मोक्तान रहेका छन ।
चितवनका मकवानपुर तर्फ जाँदै गरेको ना३ख ८५३९ नं को ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको ग५प ६२६० नं को मोटरसाइकललाई राप्ती नगरपालिका–३ झुरझुरेमा ठक्कर दिएको थियो ।
ट््याङ्करको ठक्करबाट घाइते भएका दुवैको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
ठक्कर दिने ट््याङ्कर चालकलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
Categorized in समाज