८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

टोल–टोलमा फिल्म महोत्सवः बागबजारमा असार १२ गते अरु कहाँ कहिले ?


प्रकाशित: आइतवार, ७ असार २०८३, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । चलचित्रलाई समुदायसम्म पुर्‍याउने तथा रचनात्मक उद्योगको विकासलाई टेवा दिने उद्देश्यसहित काठमाडौं महानगरपालिकाले ‘टोल–टोलमा फिल्म महोत्सव’ सुरु गरेको छ ।

 
महोत्सवको शुभारम्भ असार ५ गते खुलामञ्चमा आयोजित कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले गर्नुभएको हो ।

 
महोत्सव उद्घाटनको अवसरमा अन्तर्राष्ट्रिय प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा दुई महत्वपूर्ण पुरस्कार जित्न सफल नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ लाई नगद १० लाख रुपैयाँसहित सम्मान गरिएको छ । निर्देशक अविनाश विक्रम शाहको निर्देशनमा बनेको उक्त चलचित्रले फ्रान्समा आयोजित ७९औँ कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ तथा ‘बेस्ट साउन्ड क्रियसन’ अवार्ड प्राप्त गरेको थियो । 


महोत्सवको दोस्रो दिन असार ६ गते असन क्षेत्रमा विभिन्न लघु चलचित्र प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भएको थियो । 


हेरौं यी क्षेत्रमा फिल्म महोत्सव हुँदैः 

 

 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex